Logo
Logo

जसपाबाट निर्वाचित वडाअध्यक्ष साहको निधन


630
Shares

सप्तरी । राजगढ गाउँपालिका– ५ का वडाध्यक्ष देवेन्द्र साहको निधन भएको छ । क्यान्सर रोगबाट पीडित ७० वर्षीय साहको उपचारको क्रममा आज बिहान निधन भएको हो ।

उपचारका क्रममा चिवनको भरतपुर क्यान्सर अस्पतालमा आज बिहान वडाध्यक्ष साहको निधन भएको सोही गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले बताइन् ।

जनता समाजवादी पार्टीबाट निर्वाचित उनी तीन वर्षदेखि क्यान्सरबाट पीडित थिए । उनका दुई छोरा र तीन छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्