Logo
Logo

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


315
Shares

काठमाडौं । अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका–५ केराघारी नजिक ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

काठमाडौंबाट कोशीपारितर्फ गइरहेको मोटरसाइकलले ट्रकलाई उछिन्ने क्रममा ट्रकले ठक्कर दिँदा चालक चौँरीदेउराली गाउँपालिका–८ का ३५ वर्षीय रुपेश खरेलको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका खरेललाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेका हुन् ।

ट्रक र त्यसका चालक माधवकुमार बडाललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको पाँचखालस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्