
काठमाडौं । नेपाल कानुन व्यवसायी परिषद्ले दुई जना कानुन व्यवसायीको प्रमाणपत्र निलम्बन गर्ने निर्णय गरेको छ ।
वरिष्ठ अधिवक्ता सुमनचन्द्र कार्कीलाई ६ महिना र अर्का अधिवक्ता लक्ष्मीप्रसाद पोखरेललाई १ वर्ष कानुन व्यवसाय गर्न नपाउने गरि निलम्बन गरिएको हो ।
कार्कीको प्रमाणपत्र नम्बर ४६८ र पोखरेलको ४४०३ रहेको छ । कानुन व्यवसायी आचारसंहिता उल्लङ्घन गरेको आरोप लागेका उनीहरुले निलम्बन गरिएको समय अवधिमा कुनै पनि कानुन व्यवसायसम्बन्धि कार्य गर्न पाउने छैनन् ।














