काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ग्राहकहरूका लागि विशेष सुविधासहितको गाडी कर्जा योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकहरूले आकर्षक ब्याजदरमा सजिलैसँग गाडी खरिद गर्न सक्नेछन् । हालको लागि गाडी कर्जाको ब्याजदर केबल ६.२९ प्रतिशत (२०८२ भाद्र महिनाको आधारदर ५.७९ प्रतिशत मा ०.५ प्रतिशत थप गरी हुन आउने ६.२९ प्रतिशत) कायम गरिएको छ ।
आगामी दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ल्याइएको यस योजनाले चाडपर्वको उत्सवमा नयाँ गाडीको सपना पुरा गर्न चाहने ग्राहकवर्गहरुलाई थप सहजता हुने अपेक्षा गरेको बैंकले जनाएको छ ।
सीमित समयका लागि मात्र लागू रहने यस विशेष सुविधा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका देशभरका शाखाहरूबाट लिन सकिने बताइएको छ ।
बैंकले हाल २७५ शाखा, ६५ एक्सटेन्सन काउन्टर, २६४ एटीएम एवं ६० शाखारहित बैंकिङ्ग मार्फत अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।











