Logo
Logo

सिप्रदी ट्रेडिङद्वारा नाडा अटो शोमा एक्सप्रेस टी इभी फ्लिट पार्टनरलाई सम्मान


252
Shares

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको प्रचलनलाई नयाँ उचाइमा पुर्‍याउँदै, सिप्रदी ट्रेडिङ प्रालि (टाटा मोटर्सको आधिकारिक वितरक) ले यस वर्षको नाडा अटो शोमा आफ्नो लोकप्रिय विद्युतीय ट्याक्सी मोडल एक्सप्रेस टी इभीका प्रमुख फ्लिट पार्टनरहरूलाई सम्मान प्रदान गरेको छ।

कार्यक्रममा तोयानाथ पोखरेल, जनार्दन फुयाल, बिजय श्रेष्ठ, राजु घिमिरे, कबिराज श्रेष्ठ र राजकुमार अरनलाई सम्मान गरिएको हो। उनीहरुको निरन्तर योगदान, यात्रु सेवामा विद्युतीय सवारीलाई लोकप्रिय बनाउन देखाएको मेहनत र साथका लागि यो सम्मान गरिएको कम्पनीले जनाएको छ।

एक्सप्रेस टी इभी विशेष रूपमा यात्रु सेवाका लागि डिजाइन गरिएको विद्युतीय मोडल हो । स्वरोजगारी प्रवर्द्धन साथै सञ्चालन खर्च निकै कम हुने र ईन्धनमा विदेशी निर्भरता घटाउन मद्दत गर्ने भएकाले यो सवारी अहिलेको आवश्यकताअनुसार उपयुक्त विकल्प मानिएको छ।

नाडा अटो शो २०२५ भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ। टाटा मोटर्सका नयाँ मोडलहरू अवलोकन गर्न र सीमित अवधिका विशेष अफरहरूको लाभ उठाउन सकिने कम्पनीको दाबी छ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000