Logo
Logo

आज आतङ्कवादका पीडित र जीवितलाई सम्मान गर्ने दिवस


126
Shares

काठमाडौं । आज आतङ्कवादका पीडित र जीवितलाई सम्मान गर्ने दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१७ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।

The current image has no alternative text. The file name is: victims-terrorism-banner.jpg

आतङ्कवादबाट पीडित भएका र त्यसबाट बाँचेकाहरूलाई सम्मान एवं समर्थन गर्नका साथै उनीहरूको मानवअधिकारको पूर्ण उपयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो दिवस मनाउन थालिएको हो ।

संयुक्त राष्ट्रसङ्घलगायत विश्वका विभिन्न मुलुकमा आतङ्कवादका पीडितहरूको सम्झना एवं श्रद्धाञ्जलीसभा आयोजना गरेर यो दिवस मनाइन्छ । 

घृणित विचारधारा फैलाउने आतङ्कवादी गतिविधिबाट हरेक वर्ष हजारौँ निर्दोष मानिसले ज्यान गुमाएका छन् । आतङ्कवादको अन्तरराष्ट्रिस्तरमा निन्दा भए पनि यसबाट पीडितहरूले न्याय प्राप्तिका निम्ति सङ्घर्ष गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्