Logo
Logo

गाजा नियन्त्रणमा लिन इजरायलले थाल्यो आक्रमण


1.6k
Shares

काठमाडौं । इजरायली सेनाले गाजा सहर नियन्त्रणमा लिने योजनासहित सैन्य आक्रमण तीव्र पारेको छ । विश्वभरबाट आलोचनाको सामना गरिरहँदा पनि इजरायलले गाजाको बाहिरी क्षेत्र कब्जा गरिसकेको दाबी गरेको छ । 

The current image has no alternative text. The file name is: war-2.gif

इजरायली सेनाका अनुसार, जैतुन र जबालिया क्षेत्रमा सैनिकहरू तैनाथ गरिएका छन् । रक्षामन्त्री इजरायल काट्जले मङ्गलवार यो अभियानलाई मन्जुरी दिएका थिए, र यसलाई हप्ताको अन्त्यसम्म सुरक्षा क्याबिनेटमा पेस गरिने बताइएको छ । 

यो सैन्य कारबाहीले प्यालेस्टिनी नागरिकमा पर्ने असरलाई लिएर अन्तर्राष्ट्रिय समुदायले कडा विरोध जनाएको छ। तर, इजरायलले हमास लडाकुहरूलाई पूर्ण रूपमा नष्ट नगरेसम्म आक्रमण नरोक्ने अडान राखेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार, हमासले इजरायलमाथि युद्धविराम सम्झौता उल्लङ्घन गरेको र निर्दोष नागरिकको हत्या गरेको आरोप लगाएको छ । 

सन् २०२३ अक्टोबर ७ मा हमास लडाकुहरूले गाजाबाट इजरायलको किबुजमा आक्रमण गर्दा १० नेपालीसहित १,२०० जनाको ज्यान गएको थियो । त्यसयता, इजरायलले हमासविरुद्ध निरन्तर सैन्य कारबाही जारी राखेको छ। यो आक्रमणले क्षेत्रीय तनाव थप बढ्ने चिन्ता व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्