Logo
Logo

चीनलाई गोप्य जानकारी बेचेको आरोपमा अमेरिकी नौसेनाका नाविक दोषी ठहर


630
Shares

काठमाडौं । अमेरिकी नौसेनाका एक नाविकलाई चीनलाई गोप्य जानकारी बेचेको अभियोगमा दोषी ठहर गरिएको छ ।

The current image has no alternative text. The file name is: us-khabar.gif

क्यालिफोर्नियामा कार्यरत २५ वर्षीय नाविक जिन्चाओ वेईलाई जासुसी, जासुसीको षड्यन्त्र र अमेरिकी नौसेनाका जहाजहरूसँग सम्बन्धित गोप्य डेटा अवैध रूपमा साझेदारी गरेको सहित छ वटा आरोपमा दोषी ठहर गरिएको हो । 

वेईको सम्पर्क एक चिनियाँ एजेन्टसँग सामाजिक सञ्जालमार्फत भएको थियो । ‘नाविकले संयुक्त राज्य अमेरिकाको सेनाप्रति आफूमाथि राखिएको विश्वासको गम्भीर उल्लङ्घन गरे,’ दोषी ठहरिएपछि अमेरिकी वकिल एडम गोर्डनले भने ।

उनले भने, ‘पैसाको लोभमा चीनलाई सैन्य जानकारी बेचेर वेईले आफ्ना सहकर्मीहरूको जीवनलाई मात्र जोखिममा पारेनन्, बरु सम्पूर्ण देश र हाम्रा सहयोगीहरूको सुरक्षामाथि पनि गम्भीर आघात पुर्‍याए ।’

प्रतिक्रिया दिनुहोस्