Logo
Logo

सिभिल मलको ‘टोय स्टोर’बाट ६ थान नक्कली पेस्तोल बरामद


1.4k
Shares

काठमाडौं । काठमाडौंको सुनधारास्थित सिभिल मलबाट ६ थान नक्कली पेस्तोल बरामद भएको छ । प्रहरीले सिभिल मलको पाँचौँ तलामा सन्तोषी श्रेष्ठले सञ्चालन गरेको ‘द टोय स्टोर’बाट नक्कली पेस्तोल बरामद गरेको हो ।

अटोमेटिक पेस्तोल जस्तो देखिने ६ थान नक्कली हतियार बरामद गरिएको काठमाडौं प्रहरीका एसपी अपिलराज बोहराले जानकारी दिए ।

हतियार आयात गर्ने र बेच्ने गरेको आरोपमा प्रहरीले सो पसलका कामदार काभ्रेको रोशी घर भएका ३१ वर्षीय सुरज मगरलाई पक्राउ गरेको छ । मगरबिरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा ५ दिनका म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्