Logo
Logo

देशको अवस्था बिग्रिँदै गयो : शेखर कोइराला


252
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा। शेखर कोइरालाले हरेक दिन देशको राजनीतिक र सामाजिक अवस्था बिग्रिँदै गइरहेको बताएका छन् ।  काठमाडौंमा शुक्रवार ज्ञानज्योति महिला माध्यमिक विद्यालयको २० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले स्खलनतर्फ उन्मुख देशको राजनीतिक र सामाजिक अवस्थालाई उकास्ने जिम्मा विद्यालय, राजनीतिज्ञ र कर्मचारीहरूको भएको बताए । 

The current image has no alternative text. The file name is: sekher.gif

उनले सबै मिलेर कसरी देशलाई अघि बढाउन सकिने बताए ।  कोइरालाले कनिका छरेको जस्तो अनुदान दिएर विद्यालय विकास हुन नसक्ने बताए । उनले लोकतन्त्रमा शिक्षा नै सबैभन्दा महत्त्वपूर्ण रहेको उल्लेख गर्दै शिक्षित समाज बनाउन जरुरी रहेको बताए । 

कोइरालाले राज्यमा भएका सामुदायिक विद्यालयलाई कसरी राम्रो बनाउने भन्नेमा सरकारको ध्यान जानुपर्ने बताए । शिक्षाले नै विश्वलाई चिनाउन सक्ने भएकाले शिक्षामा पहिलो जोड दिनुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्