
एजेन्सी । दक्षिण अमेरिकामा शक्तिशाली भूकम्प गएको छ । आज बिहान ड्रेक जलमार्ग केन्द्रविन्दु बनाएर ७.५ म्याग्निच्युडको भूकम्प गएको हो ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार भूकम्पको तीव्रता सुरुमा ८ म्याग्निच्युड मापन गरिएको थियो । तर, पछि यसलाई संशोधन गरी ७.५ कायम गरिएको छ ।
यो क्षेत्र दक्षिण अमेरिकाको केप हर्न र अन्टार्टिकाको दक्षिण शेटल्यान्ड टापुहरूबीचमा छ । ड्रेक जलमार्ग, दक्षिणी चिली र अन्टार्टिकाबीचको सुदूर समुद्री क्षेत्र, जटिल टेक्टोनिक सीमाहरूनजिक पर्छ । हालसम्म कुनै हताहत वा संरचनात्मक क्षतिको खबर आएको छैन ।











