Logo
Logo

बीवाईडीको याङवाङ यु९ ईभी बन्यो सबैभन्दा तीव्र गतीमा गुड्ने कार


189
Shares

काठमाडौं । बीवाईडीको प्रिमियम सब–ब्रान्ड याङवाङले ग्लोबल इलेक्ट्रिक भेइकल (ईभी)मा सबैभन्दा तीव्र गतिको ईभी रेकर्ड कायम गरेको छ । जर्मनीको एटीपी अटोमोटिभ टेस्टिङ पापेनबर्ग टेस्ट ट्रयाकमा ४७२.४१ किलोमिटर प्रतिघण्टाको गतिका साथ सो रेकर्ड कायम भएको हो ।

याङवाङको सबैभन्दा नयाँ मोडल यु९ ट्रयाक एडिसन सुपर कारले गत अगस्ट ८ मा विश्वकै सबैभन्दा तीव्र गतिको ईभीको रुपमा सो रेकर्ड कायम गरेको कम्पनीले जनाएको छ ।

जर्मनीका व्यावसायिक ड्राइभर मार्क बासेङले गाडी चलाएर सो रेकर्ड कायम गरेका हुन् । यो भन्दा पहिले गत वर्ष पनि उनले यस्तै ग्लोबल ईभी स्पिड रेकर्ड कायम गरेका थिए । बासेङले गत वर्ष नै जितेको सोचे पनि नयाँ प्रविधिका कारण उही ट्रयाकमा नयाँ रेकर्ड कायम गर्न सफल भएको र आफ्नै रेकर्ड तोडेकोमा खुसी व्यक्त गरे ।

याङवाङ यु९ हाल चीनमा बिक्री भइरहेको छ । अहिले रेकर्ड ब्रेक गरेको याङवाङ यु९ ट्रयाक एडिसन त्यसैको सुधारिएको भर्सन हो । यसमा पनि यु९ मा प्रयोग गरिएको ई४ प्लेटफर्म र डिसस–एक्स कोर टेक्निकल आर्किटेक्चर प्रयोग गरिएको छ ।

यसमा विश्वकै पहिलो १२०० भोल्टको अल्ट्रा–हाई–भोल्टेज भेइकल प्लेटफर्म फिचर उपलब्ध छ र एक्स्ट्रिम कन्डिसनमा पनि सहजताका लागि थर्मल म्यानेजमेन्ट सिस्टमसँग पेयर गरिएको छ ।

याङवाङ यु९ ट्रयाक एडिसनमा भएको ई ४ प्लेटफर्ममा विश्वकै पहिलो विशेष प्रकारको मोटर सिस्टम प्रयोग गरिएको छ, जसमा ३० हजार आरपीएमको हाई–पर्फमेन्स मोटर रहेको छ, जसले प्रतिमोटर ५५५ किलोवाटको पिक पावर डेलिभर गर्छ ।

यी सबैबाट ३,००० पीएसको कम्बाइन्ड सिस्टम आउटपुट हुन्छ । यसका कारण गाडीको पावर टु वेट रेसियो पनि प्रतिटन १,२१७ पीएस हुन जाने कम्पनीले जनाएको छ ।

यी वाहेक ई४ प्लेटफर्मको क्वाड–मोटर इन्डेपेन्डेन्ट टर्क–भेक्टरिङ सिस्टमले लगातार रुपमा सडकको मोनिटर गरिरहेको हुन्छ, जसले गर्दा स्पिड, पोस्चर आदिको निगरानी गरी ह्विल स्लिप हुन वा ट्रयाक्सन लस हुनबाट बचाउँछ ।

डिसस–एक्स इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टमले सस्पेन्सनलाई जस्तोसुकै कर्नरिङ र एक्सिलरेसनको समयमा पनि सहजता ल्याउन सघाउँछ भने टायर र रोडको समन्वय मिलाएर ड्राइभरलाई समेत कम्फर्ट र कन्फिडेन्स ल्याउन सघाउँछ ।

याङवाङ यु९ मै प्रयोग भएको एरोडाइनामिक डिजाइन यु९ ट्रयाक एडिसनमा पनि प्रयोग गरिएको छ । त्यसैगरी यसमा अझै सुधारिएको अप्सनल कार्बन–फाइबर फ्रन्ट स्प्लिटर प्रयोग गरिएको छ ।

अल्ट्रा–हाई स्पिडमा समेत चलाउन सहज हुने गरी यसमा पुरै साइन्टिफिक डिजाइन र टेक्नोलोजी प्रयोग गरिएको छ । यसमा प्रयोग भएको टायर पनि विशेष किसिमको छ । यसका लागि ट्रयाकमा केन्द्रित सेमी–स्लिक टायर प्रयोग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्