Logo
Logo

कैलालीको खुटिया नदीमा बेपत्ता भएका चार किशोरको शव भेटियो


693
Shares

काठमाडौं । कैलालीको खुटिया नदीमा डुबेर बेपत्ता भएका चार जनाकै शव भेटिएको छ । गोदावरी नगरपालिका–९ स्थित खुटिया नदीमा नुहाउने क्रममा धनगढीका चार किशोर बेपत्ता भएका थिए ।

The current image has no alternative text. The file name is: kailali-2.jpg

१७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेव भण्डारी, १७ वर्षीय जादेज भण्डारी र १७ कै प्रतीक चौधरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बैलालीले जनाएको छ । 

उनीहरू ७ जनाको समूहमा दिउँसो २ बजेतिर खुटिया नदीमा नुहाउने क्रममा डुबेका थिए । अन्य तीन जनाको भने सकुशल उद्धार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्