Logo
Logo

दुई संसदीय समितिको बैठक बस्दै, के छ कार्यसूची


378
Shares

काठमाडौं । आज संघीय संसदअन्तर्गत दुई संसदीय समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’का सम्बन्धमा सरोकारवालासँग सैद्धान्तिक पक्षसँग सम्बन्धित विषयमा छलफल हुनेछ ।

त्यस्तै विधायन व्यवस्थापन समितिको बैठकमा ‘संघीय निजामती विधेयक, २०८० को मस्यौदा प्रतिवेदन’ मा छलफल गर्ने कार्यक्रम छ । दुबै समितिको बैठक बिहान ११ः ३० बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्