Logo
Logo

दसैँमा मुस्ताङबाट १५ हजार भेडाच्याङ्ग्रा निकासी हुने


315
Shares

मुस्ताङ । दसैँलाई लक्षित गर्दै यस वर्ष मुस्ताङबाट करिब १५ हजार भेडाच्याङ्ग्रा जिल्ला बाहिर निकासी हुने प्रक्षेपण गरिएको छ।

जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा दोब्बर हो। गत वर्ष मुस्ताङबाट ८ हजार र डोल्पाबाट ४ हजार बढी गरी १२ हजारभन्दा बढी च्याङ्ग्रा बाहिरिएका थिए।

भेटेरिनरी प्रमुख डा. लालमणि अर्यालका अनुसार, वारागुङ मुक्तिक्षेत्रबाट सबैभन्दा बढी ५ हजार र अन्य चार पालिकाबाट २,५०० च्याङ्ग्रा निकासी हुने अनुमान छ। चार वर्षभन्दा बढी उमेरका वयस्क भेडाच्याङ्ग्राहरू नै दसैँ–तिहारको समयमा बजारमा पठाइने गर्छन्।

जिल्लामा हाल ५६,४०५ च्याङ्ग्रा, ५,४२६ भेडा२,५७७ बाख्रा छन्। पालिकागत विवरण अनुसार:

  • लोमान्थाङ: १४,३९८ च्याङ्ग्रा, १,८२९ भेडा
  • लोघेकर दामोदरकुण्ड: १७,३४९ च्याङ्ग्रा, १४९ भेडा
  • वारागुङ मुक्तिक्षेत्र: २०,६१६ च्याङ्ग्रा, १,३०८ भेडा
  • घरपझोङ: ४,०४२ च्याङ्ग्रा, ४३३ भेडा, १,१९४ बाख्रा
  • थासाङ: ३७ भेडा, १,३८३ बाख्रा

डोल्पाबाट थप ५ हजार च्याङ्ग्रा भित्रिने अनुमान गरिएको छ, जसले गर्दा कुल करिब २० हजार च्याङ्ग्रा जोमसोम हुँदै म्याग्दी वा घाँस नाकाबाट बाहिरिने प्रक्षेपण गरिएको छ।

गत वर्ष च्याङ्ग्राको मूल्य प्रति थान रु २८,००० देखि ३५,००० सम्म थियो।

भन्सार पक्षमा, तिब्बतबाट पाठापाठी च्याङ्ग्रा ल्याउन कुनै समस्या नरहेको न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयका निमित्त प्रमुख उत्तम राईले जानकारी दिएका छन्। वयस्क च्याङ्ग्रा भने भित्रिएको छैन। चीनबाट ल्याउन क्वारेन्टाइन रिपोर्ट अनिवार्य छ, र भन्सारमा पालिकाको पशु शाखाले स्वास्थ्य प्रमाणित गरेपछि मात्र वैध निकासी प्रक्रिया पूरा हुन्छ। भन्सारको आफ्नै क्वारेन्टाइन पूर्वाधार नभएकाले पालिकाको सहयोगमा चेकजाँच गरिन्छ।

प्रतिक्रिया दिनुहोस्