Logo
Logo

इलाममा भेटियो दुर्लभ कालो चितुवा


441
Shares

काठमाडौं । इलाममा  दुर्लभ  कालो चितुवा फेला परेको छ । यो दुर्लभ प्रजातिको हो । तर, यकिन भइसकेको छैन ।  सूर्योदय नगरपालिका-२, बागबिरेका टंक काफ्लेको बाख्राको गोठभित्र कालो चितुवा फेला परेको हो ।

The current image has no alternative text. The file name is: penther.gif

राति नै आएर खोरमा रहेका बाख्राका दुई माउ र एउटा पाठी खाएपछि गोठमै बसेको चितुवा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।  

डिभिजन वन कार्यालयका अनुसार बिहान फेला परेको चितुवाको उद्धारका लागि कोशीटप्पु वन्यजन्तु आरक्षबाट विज्ञको टोली खटाइएको छ ।

इलामका सूर्योदय, माइजोगमाई र सन्दकपुर गाउँपालिकामा वन्यजन्तुले लामो समयदेखि घरपालुवा जनावर खाइरहेपछि स्थानीय पीडित छन् । वन्यजन्तु गाउँ पसेपछि मानिसलाई आक्रमण गर्ने त्रास पनि उतिकै  बढेको छ । 

प्रतिक्रिया दिनुहोस्