Logo
Logo

‘लिपुलेक नेपालको भूमि हो, चीनले हामीलाई सघाउनु पर्छ’


693
Shares

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा परराष्ट्रविद् डा.राजन भट्टराईले प्रधानमन्त्रीको चीन भ्रमणलाई राष्ट्रिय हितको दृष्टिले अत्यन्त महत्त्वपूर्ण भएको टिप्पणी गरेका छन् । 

The current image has no alternative text. The file name is: rajan.gif

प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै भट्टराईले प्रधानमन्त्रीले चीनको भूमिमा स्पष्ट रूपमा लिपुलेकसम्बन्धी नेपालको अडान राख्नु ऐतिहासिक र राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने साहसी कदम भएको बताए ।

चिनियाँ राष्ट्रपतिको उपस्थितिमा लिपुलेक, कालापानी र लिम्पियाधुरा विषयमा नेपालको दृष्टिकोण कूटनीतिक रूपमा स्पष्ट रूपमा राखिएको उनले जानकारी दिए । अहिले प्रधानमन्त्रीले पुनः चीनको भूमिमा नेपालको सीमा अडान राख्नु ऐतिहासिक निरन्तरताको सन्देश भएको उनले बताए ।

उनले लिपुलेक, कालापानी र लिम्पियाधुरा १४६ वर्षसम्म नेपालको प्रशासनिक नियन्त्रणमा रहेको ऐतिहासिक तथ्य दस्ताबेजहरूले पुष्टि गरिसकेको उल्लेख गरे । 

भट्टराईले सीमा विवाद समाधानको बाटो संवाद र कूटनीतिक प्रयास नै भएको बताउँदै भारत र चीन दुवै पक्षसँग प्रमाणसहितका तर्कमार्फत कुरा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे ।  

प्रतिक्रिया दिनुहोस्