Logo
Logo

नेपाललाई एससीओको पूर्ण सदस्य बनाउन प्रस्ताव


1.2k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई शाङ्घाई सहयोग सङ्गठन (एससीओ)को पूर्ण सदस्य बनाउन प्रस्ताव गरेका छन् । सोमबार चीनको तियान्जिनमा आयोजित एससीओको प्लसको बैठकमा सम्बोधन गर्दै ओलीले नेपाल अब पूर्ण सदस्य बन्न उत्सुक रहेको बताए ।

उनले एससीओलाई अझ एकताबद्ध, एकीकृत र लचिलो बनाउनुपर्ने उल्लेख गर्दै नेपालले सन् २०१६ देखि संवाद साझेदारको हैसियतमा सहभागिता जनाउँदै आएको स्मरण गरे । उनले भने, ʻहामीलाई अझ बढी एकताबद्ध, अझ बढी एकीकृत र अझ बढी लचिलो एससीओको आवश्यक छ । यसले बढ्दो भू-राजनीतिक, आर्थिक र वातावरणीय चुनौतीहरूको सामना गर्न सकियोस् ।ʼ

प्रधानमन्त्री ओलीले वर्तमान विश्व वैज्ञानिक तथा प्रविधिगत प्रगतिले भरिपूर्ण भएपनि असमानता, जलवायु सङ्कट, आर्थिक अस्थिरता र सीमा नमान्ने द्वन्द्वका कारण मानवता गम्भीर चुनौतीमा परेको उल्लेख गरे । 
 
जलवायु सङ्कटप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले हिमालहरूको बरफविहीनताकले अर्बौँ मानिसको जीवन खतरामा परेको बताए । आतङ्कवाद, साइबर आक्रमण, महामारी र वातावरणीय सङ्कटलाई साझा चुनौतीका रूपमा उनले प्रस्तुत गरे । 

प्रतिक्रिया दिनुहोस्