Logo
Logo

गाजामा सर्वसाधारणको मृत्युको एससिओद्वारा कडा निन्दा


693
Shares

थ्यानचिन । चीन, भारत, रुस र इरानसहितका साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससिओ) सदस्य राष्ट्रले गाजामा नागरिक हताहत र मानवीय विपत्ति निम्त्याउने कार्यको सोमबार कडा निन्दा गरेको छ ।

The current image has no alternative text. The file name is: ninda.jpg

चीनको उत्तरी शहर थ्यानचिनमा शिखर सम्मेलन (एससीओ) पछि जारी विज्ञप्तिमा गत जुनमा इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणको पनि कडा शब्दमा निन्दा गरेको जनाएको छ ।

सदस्य राष्ट्रहरूले इजरायल-प्यालेस्टाइन द्वन्द्व बढ्दै गएकोमा गहिरो चिन्ता व्यक्त गरेका छन् । सङ्गठन गाजामा नागरिक हताहत र मानवीय विपत्ति निम्त्याउने कार्यहरूको कडा निन्दा गर्दछ र स्थायी युद्धविराम र निर्बाध मानवीय सहायताका लागि आह्वान गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘जुन २०२५ मा इरानमाथि इजरायली र अमेरिकी सैन्य आक्रमणले असैनिक आणविक संरचनालाई लक्षित गरी भएको हताहती अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र सङ्घको बडापत्रको उल्लङ्घन गरेको छ  ।’

प्रतिक्रिया दिनुहोस्