Logo
Logo

मनाङ प्रदेशसभा-२ मा उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान


441
Shares

काठमाडौं । निर्वाचन आयोगले मनाङको प्रदेश सभा क्षेत्र नं. २ को रिक्त स्थानमा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।

आयोगले आज एक सूचना जारी गर्दै कात्तिक १७ गते हुने उपनिर्वाचनमा भाग लिनका लागि आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले निवेदन दिनुपर्ने जनाएको हो ।

नेपाल संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता प्रक्रियामा सहभागी हुन सकिन्छ । आयोगले दलहरुलाई दर्ताका लागि भदौ १९ गतेदेखि २५ गतेसम्मको समय दिएको छ ।

निवेदन राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा तयार गर्नुपर्ने सूचनामा उल्लेख छ । उक्त प्रदेशसभा सिटमा निर्वाचित दीपक मनाङे ज्यान मुद्दामा दोषी ठहर भएसँगै उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्