
काठमाडौं । गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।
काठमाडौँबाट गोरखाको आरुघाट सोतीतर्फ जाँदै गरेको बा०१–००६ख ४१३१ नम्बरको बस आज बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना हुँदा बसरमा सवार २२ मध्ये २१ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले घाइतेहरूको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।














