Logo
Logo

एमालेले बोलायो सचिवालय बैठक, ३ प्रतिवेदनमाथि छलफल हुने


567
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । यही भदौ २०-२२ मा हुने विधान अधिवेशनको तयारीका लागि सचिवालय बैठक बोलाइएको हो । 

The current image has no alternative text. The file name is: yamale-2.gif

बैठक भदौ १९ गते दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रतिवेदनउपर छलफल हुनेछ ।

यसअघि बोलाएर स्थगित भएको केन्द्रीय कमिटी बैठक भने अब नराखिने भएको छ । गौतमले विधान अधिवेशनको अन्य तयारी पनि चाँडै सक्नुपर्ने भएकाले केन्द्रीय कमिटी बैठक बस्न नसकिने जानकारी गराएका हुन् । 

प्रतिक्रिया दिनुहोस्