काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले सङ्घीय निजामती सेवा विधेयक सर्वसम्मतले पारित गरेको छ ।

सिंहदरबारमा मङ्गलवार बसेको समिति बैठकले सर्वसम्मत रूपमा उक्त विधेयक पारित गरेको हो । बैठकमा निजामती कर्मचारीको अवकाश उमेर हदका विषयमा सहमति भएको छ ।
प्रतिनिधिसभाबाट पारित भएको विधेयकमा निजामती सेवासम्बन्धी ऐन जारी भएको पहिलो वर्ष अवकाशको उमेर ५८ वर्ष नै कायम गर्ने, दोस्रो वर्ष ५९ र तेस्रो वर्ष ६० वर्ष कायम गर्ने भन्ने व्यवस्था रहेकालाई बैठकले सदर गरेको हो ।
समिति सभापति तुलसा कुमारी दाहालले सर्वसम्मत रूपमा विधेयक पारित भएको घोषणा गरिन् । उनले मङ्गलवार नै उक्त विधेयक राष्ट्रियसभामा पेश गर्ने र पारित गर्ने जानकारी दिइन् ।














