Logo
Logo

एमाले नेता ऐन महरविरूद्ध अदालतमा मुद्दा दर्ता


1.4k
Shares

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले नेकपा (एमाले) का नेता ऐन महरविरूद्ध मुद्दा दर्ता गरेको छ । महरविरूद्ध सोमबार साइबर अपराधअन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

The current image has no alternative text. The file name is: yen-mahar.gif

एक महिलामाथि सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोपमा महरमाथि विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कसुरमा मुद्दा दर्ता भएको हो ।

यसअघि सरकारी वकिल कार्यालयले महरलाई गत भदौ ११ मा हाजिरी जमानीमा छाडिएको थियो । अब प्रतिवादी महर अदालतमा हाजिर भएपछि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा हाजिर जमानीमा राख्ने भन्नेबारे थुनछेक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्