Logo
Logo

श्रम सम्झौता भएका देशहरूसँग हुलाक सेवा सम्झौता गर्नुपर्छ : सञ्चारमन्त्री गुरुङ


189
Shares

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालसँग श्रम सम्झौता भएका सबै देशहरूसँग हुलाक सेवा सम्झौता गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

हुलाक सेवा विभागको वार्षिक प्रगति समीक्षामा मन्त्री गुरुङले विदेशमा रहेका नेपालीसम्म ‘पार्सल डेलिभरी’ सेवा पुर्‍याउन हुलाक सेवा विस्तार आवश्यक रहेको बताउँदै पार्सल सेवा हुलाकको प्रमुख व्यावसायिक सम्भावना भएको उल्लेख गरे। उनले पार्सल सेवा भरपर्दो बनाउन आवश्यक पूर्वाधार तयार गर्न सरकार सकारात्मक रहेको जनाए।

उनले सबै पालिकामा डिजिटल प्रणाली लागू गर्न र ‘स्मार्ट हुलाक कार्यालय’ सञ्चालनमा ल्याउन निर्देशन दिएका छन्। “सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै अब हुलाक स्मार्ट हुनुपर्छ,” उनले भने।

कार्यक्रममा मन्त्रालयका सचिव राधिका अर्यालले हुलाक सेवामा आवश्यक कानुनी सुधार सुरु भइसकेको जानकारी दिइन् भने विभाग प्रमुख मनमाया भट्टराई पँगेनीले हुलाकलाई आधुनिक बनाउन आफू क्रियाशील रहेको बताइन्।

प्रतिक्रिया दिनुहोस्