Logo
Logo

प्रधानमन्त्री ओली र चिनियाँ उपराष्ट्रपति हानबीच भेटवार्ता


315
Shares

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उपराष्ट्रपति हान चङ्गबीच बेइजिङस्थित देउथाई स्टेट गेष्टहाउसमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ।

भेटमा दुई पक्षबीच आपसी हित, कूटनीतिक सम्बन्ध विस्तार, र पारस्परिक लाभ हुने आयोजना अघि बढाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओलीले चीन सरकारद्वारा गरिएको औपचारिक आमन्त्रण र उच्चस्तरीय स्वागतप्रति आभार व्यक्त गरे।

प्रधानमन्त्री ओलीले शाङ्घाई सहयोग संगठन (SCO) को शिखर सम्मेलनलाई उपलब्धिमूलक भएको बताए। नेपाली पक्षले ‘एक चीन नीति’ प्रति स्पष्ट समर्थन दोहोर्‍याउँदै, चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धता पुनः व्यक्त गरेका थिए।

चिनियाँ उपराष्ट्रपति हानले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए। प्रधानमन्त्री ओली SCO प्लस शिखर सम्मेलनमा सहभागिता जनाएर आजै बेइजिङ आईपुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्