Logo
Logo

मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए


189
Shares

मुस्ताङ । सन् २०२५ को जनवरीदेखि अगस्टसम्म मुस्ताङमा १,१६,७८७ जना विदेशी पर्यटक प्रवेश गरेका छन्।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP) जोमसोमका अनुसार तीमध्ये १,०१,१६१ जना सार्क राष्ट्रबाट र १५,६२६ जना अन्य देशबाट आएका हुन्।

यो संख्या अघिल्लो वर्षको तुलनामा २१.९८ प्रतिशतले बढी हो। सन् २०२४ को सोही अवधिमा कुल ९१,१०९ जना विदेशी पर्यटक आएका थिए।

पर्यटकहरूको झण्डै ८० प्रतिशत हिस्सा भारतीयहरू रहेका छन्, जो प्रायः मुक्तिनाथ मन्दिर दर्शनका लागि आउने गर्दछन्।

सडक पूर्वाधार सुधार, विशेषतः बेनी–जोमसोम सडकको सहजता, र अन्तरराष्ट्रिय मिडियामा मुस्ताङको चर्चा भएपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको संख्या तीव्र रूपमा बढेको हो।

धार्मिक, सांस्कृतिक, जैविक र भौगोलिक विविधताले भरिएको मुस्ताङ लोमान्थाङ दरबार, प्राचीन गुम्बा, तालतलैया, गुफा तथा परम्परागत बस्तीहरूका कारण पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्