काठमाडौं । न्याय परिषद्ले ६ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । न्याय परिषद्को मङ्गलवार बसेको बैठकले यो निर्णय गरेको सूचना अधिकारी सुमन पाण्डेले बताए ।

सिफारिसमा परेका सबै न्याय सेवाका कर्मचारी हुन् । सिफारिस हुनेहरूमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता गोकुलबहादुर निरौला, प्रशासकीय अदालतका उपरजिस्ट्रार अरुणकुमार कोइराला, रोल्पा जिल्ला अदालतका स्रेस्तेदार कुलप्रसाद दाहाल, सर्वोच्च अदालतका इजलास अधिकृत सूर्यप्रसाद भण्डारी, सर्वोच्च अदालतकै उपरजिस्ट्रार अनुपमा पन्त र कानुन मन्त्रालयका उपसचिव विश्वदीप वेस्रा छन् ।
हाल जिल्ला अदालतमा २७ न्यायाधीशका पद रिक्त छन्, जसमध्ये २१ पद न्याय सेवा आयोगमार्फत लोक सेवा आयोगको खुला प्रतिस्पर्धाबाट पूर्ति गरिनेछ।















