Logo
Logo

चर्चित लाेक गायिका इन्दिराको निधन


2.5k
Shares

काठमाडौं । चर्चित लोकदोहोरी तथा सेलो गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ । क्यान्सर रोगबाट पीडित ५९ वर्षीया उनको गएराति १२ बजे ललितपुरको हत्तिवनस्थित आपार्टमेन्टमा निधन भएको हो ।

ललितपुरको कोन्ज्योसोम गाउँपालिका–५ भारदेउमा २०२३ साल कार्तिक ३ गते जन्मिएकी उनले ५ हजार भन्दा बढी गीतमा स्वर दिएकी छन् ।

इन्दिराले नेपाली लोक दोहोरी, तामाङ सेलो तथा भाषाका साथै देउडालगायत भाषा र भाकाका गीतहरु गाएकी छन्। २०४५ सालमा रेडियो नेपालबाट गीत रेकर्ड गर्ने अवसर पाएपछि उनी केही समय अघिसम्म गीत संगीत क्षेत्रमा व्यस्त थिइन्।

श्रृद्धान्जलीका लागि इन्दिराको पार्थिव शरीर केहि समय राष्ट्रिय नाचघरमा राखिने र आजै बौद्ध परम्परा अनुसार अन्त्यष्टी गर्ने तयारी भएको तामाङ कलाकार संघका वरिष्ठ उपाध्यक्ष रोशन फ्युबा तामाङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्