Logo
Logo

सिमरामा ५ किलो गाँजासहित एक जना पक्राउ


189
Shares

काठमाडौं । बाराको इलाका प्रहरी कार्यालय सिमराले लागुऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

आज बिहान जितपुर सिमरा उपमहा नगरपालिका १ पूर्वटोलमा विआर ०५ एम ७७१८ नम्बरको भारतीय मोटरसाइकललाई चेकजाँच गर्नेक्रममा लागुऔषध गाँजा फेला परेको हो ।

चेकजाँचका क्रममा उक्त मोटरसाइकलको ट्याङ्की मुनी फल्स बटम बनाई लुकाइ–छिपाई ल्याइएको करिब ५ किलो गाँजासहित चालक २० वर्षीय मुना यादवलाई नियन्त्रणमा लिइएको बारा प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङले जानकारी दिए ।

पक्राउ परेका युवकमाथि आवश्यक कारबाही तथा थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्