Logo
Logo

दमौलीमा दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु


315
Shares

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

पोखराबाट दमौलीतर्फ आइरहेको स्कुटर र विपरीत दिशाबाट आइरहेको स्कुटर एकापसमा ठोक्किँदा म्याग्दे गाउँपालिका–७ का ३२ वर्षीय विजय थापाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका थापाको उपचारका क्रममा दमौलीस्थित प्रदेश अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए ।

दुर्घटनामा अर्को स्कुटर चालक पोखरा महानगरपालिका–१७ का १९ वर्षीय प्रविण क्षेत्री घाइते भएका छन् । उनलाई उपचारार्थ पोखरा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्