काठमाडौं । यस वर्षको दसैँमा बस सेवाले ‘बस सेवा’ मोबाइल एप्लिकेसन र बससेवाडटकमबाट बस तथा हवाई जहाजको टिकट काट्नेलाई उपहारस्वरुप खसी उपहार दिने भएको छ । अग्रीम टिकट बुकिङ गर्नेमध्ये पाँच जनालाई उपहारस्वरुप खसी दिने घोषणा गरेको हो ।

बस सेवाले १५ भदौदेखि नै बस तथा हवाई जहाजको टिकटमा आंशिक प्रि-बुकिङ खुला गरिसकेको छ । यात्रुहरूले ११ असोजसम्म बुकिङ गर्न सक्ने छन् ।
पहिलो चरणमा पोखरा, चितवन, धरान, काकडभिट्टा र विराटनगर रुटका लागि बस टिकटमा प्रि–बुकिङ खुला गरिएको छ। बाँकी रुटमा भने केही दिनपछि खुला गरिने भएको छ ।
बस सेवाले देशभरका ७० भन्दा बढी जिल्लामा अनलाइनमार्फत बसको टिकट उपलब्ध गराउँदै आएको छ । एक दशकभन्दा बढी समयदेखि सेवारत बस सेवाले यस पटकदेखि हवाई जहाजको टिकट समेत उपलब्ध गराएको छ । हवाई सेवा पुगेका सबै जिल्लाका उडानका लागि टिकट उपलब्ध रहेको जनाइएको छ ।
बस सेवाबाट टिकट काट्नेमध्ये सय जनालाई फ्रि टिकट
१५ भदौदेखि ११ असोजसम्म मोबाइल एप (बससेवा) र वेब साइट (बससेवाडटकम)मार्फत टिकट काट्ने यात्रुहरूलाई बस सेवाले विभिन्न उपहारको समेत व्यवस्था गरेको छ । यस अवधिमा टिकट काट्ने यात्रुहरूमध्ये एक सय जनालाई निःसुल्क टिकटको व्यवस्था, पाँच जनालाई खसी उपहार र ५० जनालाई दुई हजार रुपैयाँ बराबरको लुगा किनमेल समेत गर्न सक्ने व्यवस्था गरेको छ । बस सेवाको मोबाइल एप आफूलाई मनपर्ने बस र सिट रोजेर सजिलै टिकट काटी यात्रा गर्न सकिन्छ ।














