Logo
Logo

विद्यार्थीमैत्री विधेयक बनाउन एमालेको ध्यानाकर्षण


189
Shares

काठमाडौं । विद्यालय शिक्षा विधेयकलाई विधार्थीमैत्री बनाएर मात्रै अगाडी बढाउनुपर्ने माग राख्दै विद्यार्थीहरुले एमालेको ध्यानाकर्षण गराएका छन् ।

विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टी जनाउदै संयुक्त विद्यार्थी संगठनले बुधबार सिंहदरबारस्थीत एमाले संसदीय दलको कार्यालयमा एमाले प्रमुख सचेतक महेश बर्तौलालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

प्रस्तावित विद्यालय शिक्षा विधेयक नेपालको संविधान २०७२ र आम नागरिकको नैसर्गिक अधिकार विरूद्ध रहेको उनीहरुको आरोप छ ।

साथै उनीहरुले नेपालको शिक्षालाई चरम निजीकरणतर्फ धकेल्दै सार्वजनिक शिक्षालाई तहसनहस पार्ने स्थिति सिर्जना भएको भन्दै निशुल्क र समान शिक्षा को माग गरेका छन् ।

विद्यार्थी संगठनको ज्ञापन पत्र बुझ्दै एमाले प्रमुख सचेतक बर्तौलाले विद्यालय शिक्षा विधेयक सदनमा पेश भइसकेको अवस्थामा सकेसम्म जायज सुझावका बारेमा छलफल गर्ने आश्वासन दिए ।

संयुक्त विद्यार्थी संगठनले आफुहरुका मागका बारेमा सुनुवाई नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्