Logo
Logo

संसद्‌मा कांग्रेस- चिनियाँ राष्ट्रपतिले प्रधानमन्त्री ओलीलाई दिएको जवाफ सकारात्मक मान्न सकिँदैन


1.7k
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद दिलेन्द्र प्रसाद बडूले लिपुलेक सीमा विवादबारे चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको जवाफ सकारात्मक नभएको बताएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै बडूले चिनियाँ राष्ट्रपतिको जवाफले नेपालको सार्वभौमिकताप्रति सम्मान नदेखिएको उल्लेख गरे । उनले भने, “प्रधानमन्त्रीले गम्भीरतापूर्वक उठाएको विषयमा चिनियाँ राष्ट्रपतिले नेपाल–भारतले समाधान गर्ने विषय हो भन्दै पन्छिनु सकारात्मक होइन। यसले हाम्रो सार्वभौमिकताप्रति अपेक्षित सम्मान पनि झल्किएन।”

बडूले ‘एक चीन नीति’मा नेपालको समर्थन खोज्ने चीनले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्नुपर्ने बताए । उनले थपे, “चीनले आफ्नो भौगोलिक अखण्डतामा नेपालको समर्थन अपेक्षा गर्छ, तर हाम्रो सीमा र सार्वभौमिकताप्रति पनि उही सम्मान अपेक्षा गर्नु स्वाभाविक हो।”

प्रधानमन्त्री ओलीले शनिबार चिनियाँ राष्ट्रपतिसँगको भेटमा लिपुलेकमा भारतसँग भएको सहमतिप्रति आपत्ति जनाएका थिए। जवाफमा सीले यो विषय नेपाल र भारतले समाधान गर्नुपर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्