प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक चीन भ्रमण सकेर आज साँझ साढे ८ बजे स्वदेश फर्कंदै छन्।

उनी गत शनिबार शंघाई सहयोग संगठन एससीओको शिखर सम्मेलनमा भाग लिन चीन गएका थिए। भ्रमणका क्रममा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग महत्वपूर्ण द्वीपक्षीय भेटवार्ता गरेका छन
प्रधानमन्त्री ओलीले सम्मेलनकै क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छोटो कुराकानी गरे पनि औपचारिक द्वीपक्षीय भेट भने हुन सकेन। ओली बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि प्रस्थान गरेका हुन्।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलका अनुसार भ्रमण सकारात्मक र सफल रहेको छ।














