Logo
Logo

विद्यालय समायोजनको विरोधमा हुम्लाको वडा कार्यालयमा तालाबन्दी


378
Shares

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–१ स्थित जैरको वडा कार्यालयमा दुई दिनदेखि तालाबन्दी गरिएको छ।

माझ गाउँमा रहेको सिर्जनशील प्राथमिक विद्यालयलाई डिल गाउँको बिहानी प्राविसँग समायोजन गर्ने गाउँपालिकाको निर्णयको विरोधमा स्थानीयले मंगलबारदेखि ताला लगाएका हुन्।

स्थानीयवासीले आफूहरूलाई कुनै जानकारी वा समन्वय नगरी विद्यालय गाभ्ने निर्णय गरिएको भन्दै आन्दोलनमा उत्रिएका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुपलाल रावतले आफूलाई समेत जानकारी नदिई एकलौटी निर्णय गरिएकामा असन्तुष्टि जनाउनुभयो।

सन् २०६८ मा स्थापना भएको सिर्जनशील प्रावि हालसम्म माझ गाउँमै सञ्चालन हुँदै आएको थियो। अधिकांश अभिभावकहरूले विद्यालय कुनै हालतमा नहटाउने अडान लिएका छन्।

वडाध्यक्ष बलबहादुर कार्कीका अनुसार सिर्जनशीलमा २५ मात्र विद्यार्थी बाँकी रहेकाले सबै पायक पर्ने गरी बिहानीमा समायोजन गरिएको हो। दुई वर्षअघि नै विद्यालय गाभ्ने सहमति भएको भए पनि अहिले आएर अभिभावकहरू आन्दोलित बनेका छन्। तालाबन्दीका कारण वडाबाट हुने सबै कामकाज ठप्प छन्।

प्रतिक्रिया दिनुहोस्