Logo
Logo

विदेशी स्याऊ आयात रोक्न सांसद शाहीको माग


441
Shares

काठमाडौं — राप्रपाका प्रमुख सचेतक सांसद ज्ञानेन्द्र शाहीले जुम्लाको स्याऊलाई प्रोत्साहन गर्न र विदेशी स्याऊको आयात तत्काल रोक्न माग गरेका छन्।

बुधबार प्रतिनिधि सभामा बोल्दै उनले ‘जुम्ली स्याऊ खाऔं, विदेशी स्याऊ रोकौं’ भन्ने नारासहित कृषिमन्त्री र गृहमन्त्रीलाई आवश्यक कदम चाल्न आग्रह गरे।

शाहीले जुम्ली स्याऊको बजार विस्तार र ठूला सहरमा सहज आपूर्ति गर्न भौतिक पूर्वाधार सुधारको माग गर्दै सम्बन्धित मन्त्रीहरूलाई ध्यान दिन आग्रह गरे।
उनका अनुसार नेपाली कृषि उत्पादनलाई प्राथमिकता दिँदा किसानको जीवनस्तर सुधार हुने र अर्थतन्त्रलाई टेवा पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्