काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो आवाजको दुरुपयोग गरी डिपफेक भिडियो बनाएको भन्दै कारबाहीका लागि प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्।

साइबर ब्युरोका एसपी दीपकराज अवस्थीका अनुसार वाग्लेले आफ्नो नक्कली भिडियो बनाउनेबिरुद्ध उजुरी दिएका हुन् ।
वाग्लेले आफ्नो आवाज प्रयोग गरेर सामाजिक सञ्जालमा पोस्ट गरिएको डिपफेक भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका थिए ।
उनले काठमाडौँको भोटाहिटीस्थित साइबर ब्युरोको कार्यालयमा बुधबार दिउँसो उजुरी दिएका हुन् ।














