Logo
Logo

पुतलीसडकमा माइक्रोबसले ठक्कर, दुई बालबालिका घाइते


252
Shares

काठमाडौँ । काठमाडौँको पुतलीसडकमा माइक्रोबसको ठक्करबाट दुई बालबालिका घाइते भएका छन्।

वाग्मती प्रदेश–०१–००२ ज ८३२२ नम्बरको माइक्रोबसले सडक पार गर्दै गरेका ९ वर्षीय विवेक तामाङ र ५ वर्षीया आशिका राईलाई ठक्कर दिएको हो।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, विवेकको अवस्था गम्भीर छ र उनलाई अन्नपूर्ण न्युरो अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। आशिकाको काठमाडौँ मोडल अस्पतालमा उपचार भइरहेको छ। माइक्रो चालक प्रहरी नियन्त्रणमा छन्।

प्रतिक्रिया दिनुहोस्