काठमाडौं । चीनको थियानजिन सहरमा आयोजित २ दिने शाङ्घाई सहयोग सङ्गठन एससिओ शिखर सम्मेलनमा सहभागी भई प्रधानमन्त्री केपी शर्मा ओली र उच्चस्तरीय प्रतिनिधिमण्डल हिमालय एअरलाइन्स्को एयरबस ३२० (Registration: 9N-ALW) द्वारा नेपाल फर्किएको छ । चीनको थियानजिन सहरमा आयोजित २ दिन शाङ्घाई सहयोग सङ्गठन एससिओ शिखर सम्मेलनमा सहभागी भई प्रतिनिधिमण्डल नेपाल फर्किएको हो ।

भ्रमणमा प्रधानमन्त्रीसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, संसद् सदस्यहरू र विभिन्न मन्त्रालयका वरिष्ठ सरकारी अधिकारीहरू सहितको मन्त्रीस्तरीय प्रतिनिधिमण्डल सहभागी थिए ।
प्रधानमन्त्री र प्रतिनिधिमण्डललाई स्वागत गर्न विजय श्रेष्ठ, हिमालय एअरलाइन्स्का उपाध्यक्ष (प्रशासन) उपस्थित भएका थिए । विमान बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधवार ६ :२१ बजे (चीनको स्थानीय समय) प्रस्थान गरी नेपाली समयानुसार ९:२७ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) मा सफलतापूर्वक अवतरण भयो ।
यस उच्चस्तरीय उडानको सफल व्यवस्थापनले हिमालय एअरलाइन्स्को राष्ट्र सेवाप्रतिको १० वर्षको समर्पण र देशको यस्ता महत्त्वपूर्ण उडान सफलतापूर्वक सञ्चालन गर्न सक्ने क्षमताको पुष्टि गरेको छ । एअरलाइन्स्ले आफूलाई राष्ट्रका लागि भरपर्दो साझेदारको रूपमा स्थापित गरेको छ ।














