Logo
Logo

अमेरिकाले नेपाली सेनालाई दियो स्काई ट्रक र एयर एम्बुलेन्स


1.5k
Shares

काठमाडौं । अमेरिकाले नेपाली सेनालाई एक स्काई ट्रक र एक एयर एम्बुलेन्स सहयोगस्वरूप प्रदान गरेको छ । आज बिहान जंगीअड्डामा आयोजित समारोहमा नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले प्रधानसेनापति अशोकराज सिग्देललाई उक्त स्काई ट्रक र एयर एम्बुलेन्स हस्तान्तरण गरे ।

The current image has no alternative text. The file name is: cena.gif

हस्तान्तरण समारोहमा परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा र रक्षामन्त्री मानवीर राईको पनि उपस्थिति थियो । नेपाली सेनाका अनुसार, एयर एम्बुलेन्स घाइते तथा बिरामीको उद्धारका लागि र स्काई ट्रक सामग्री ढुवानीका लागि प्रयोग गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्