Logo
Logo

‘बालबालिकासम्बन्धी संशोधन विधेयक’ दफावार छलफलका लागि समितिमा


378
Shares

काठमाडौँ । प्रतिनिधिसभाले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित विषयगत समितिमा पठाउने निर्णय गरेको छ।

आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले विधेयक प्रस्तुत गरेका थिए, जसलाई सर्वसम्मतिले स्वीकृति दिइएको हो।

त्यसअघि, सभामुख देवराज घिमिरेले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए। उक्त प्रस्तावलाई पनि सर्वसम्मतिले पारित गरिएको छ। सभामुखले विधेयकमा संशोधन गर्न चाहने सदस्यहरूले प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता गराउन सक्ने जानकारी दिए ।

यसैबीच, सभामुख घिमिरेले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता गरिएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ पुनर्विचारका लागि आजको कार्यसूचीमा राखिए पनि कार्यक्रमबाट हटाइएको जानकारी गराए ।

प्रतिनिधिसभाको अर्को बैठक भदौ २५ गते दिउँसो १ बजे बस्नेछ।

प्रतिक्रिया दिनुहोस्