काठमाडौं । बिहीबार सेयर बजार ६.५५ अंकले घट्दै नेप्से सूचक २७१९ मा झरेको छ। कारोबार रकम भने बढ्दै ५ अर्ब १४ करोड रुपैयाँ पुगेको छ।

दिनभरको उतारचढावपछि बजार अन्तिम ४० मिनेटमा सम्हालिए पनि हरियो हुन सकेन। २:२० बजे नेप्से २७०३ मा झरेको थियो।
८५ कम्पनीको मूल्य बढ्दा १६५ को घट्यो। सबै समूहका सूचक १ प्रतिशतमुनि झरे, बैंकिङ ०.३१, फाइनान्स ०.३७, होटल ०.६५, जीवन बीमा ०.३९ प्रतिशतले घटे। व्यापार समूह भने ०.५८ प्रतिशतले बढ्यो।
हिमस्टार ऊर्जा १० प्रतिशतले उकालो लाग्दै सर्वाधिक बढ्नेमा पर्यो। विन्ध्यबासिनी हाइड्रो, माथिल्लो मैलुङ, उपकार लघुवित्तको मूल्य पनि उल्लेख्य रूपमा बढ्यो। बाराही, पिपुल्स पावर, दिव्यश्वरी र ग्रिन डेभलपमेन्टको मूल्य घट्यो।
नेपाल पुनर्बीमा, विन्ध्यबासिनी हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, युनियन हाइड्रोपावर र हिमालयन डिस्टिलरी कारोबारमा अगाडि रहे।














