हेटौंडा, १९ भदौ — बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले तीनवटा समिति गठन गर्ने निर्णय गरेको छ।

१. राजनीतिक समिति – संयोजक: कृषि मन्त्री मधुसुधन पौडेल
२. प्रशासन तथा विधेयक समिति – संयोजक: कानुन मन्त्री शिवराज अधिकारी
३. सामाजिक, आर्थिक र पूर्वाधार विकास समिति – संयोजक: सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादे
बैठकले सहकारी तथा गरिबी निवारण मन्त्रालयमा खुमराम अधिकारीलाई सचिव पदमा नियुक्त गरेको छ।
प्रदेश आर्थिक कार्यविधि विधेयक र खानेपानी तथा सरसफाइसम्बन्धी विधेयक प्रदेशसभा सचिवालयमा दर्ता गर्न स्वीकृति दिइएको छ।
मुख्यमन्त्री साहसी सम्पदा अन्तर्गत जिब्रो छेड्ने परम्परामा पुरस्कार दिने प्रस्ताव पारित गरिएको छ।रु १० लाखभन्दा माथिका योजना अब उपभोक्ता समिति होइन, ठेक्का प्रक्रियाबाट गरिने निर्णय पनि बैठकले गरेको छ।
साथै, पूर्वाधार विकासका लागि अस्थायी दरबन्दी स्वीकृत गरिएको छ।














