Logo
Logo

वल्र्ड लिंकले भन्यो- सामाजिक सञ्जाल बन्द गर्यौं


2.3k
Shares

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संस्था वल्र्ड लिंकले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरिको जनाएको छ ।

वल्र्ड लिंकले शुक्रबार बिहान सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले दिएको निर्देशन बमोजिम नेपालमा दर्ता नभएका फेसबुक लगायत सामाजिक सञ्जालहरू बन्द गरिएको जानकारी दिएको हो ।

यसबाट पाठक वर्गमा परेको असुविधाप्रति वल्र्ड लिंकले क्षमायाचना समेत गरेको छ । सरकारले बिहीबार नेपालमा दर्ता हुन नआएका सामाजिक सञ्जालहरु बन्द गर्ने निर्णय गरेको थियो । सरकारको निर्णय इन्टरनेट सेवा प्रदायक संस्थाहरुले कार्यान्वयन गरेसँगै फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप लगायतका सञ्जाल विस्तारै निष्क्रिय भएका छन् ।

प्रतिक्रिया दिनुहोस्