Logo
Logo

सी चिनफिङसँग लिपुलेकका सन्दर्भमा स्पष्ट कुरा राखेको छु : प्रधानमन्त्री ओली


378
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकको भूमि प्रयोग गरेर भारत र चीनले गर्न खोजेको व्यापारिक सम्झौताबारे आफूले स्पष्ट रूपमा चीनसँग कुरा राखेको बताएका छन् । शुक्रवारबाट सुरु भएको पार्टीको विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले आफू जुनसुकै देशको भ्रमणमा जाँदा पनि राष्ट्रको हितलाई फाइदा हुनेगरी मात्रै दृष्टिकोण बनाउने गरेको दाबी गरे । 

The current image has no alternative text. The file name is: kp-oli-bidhan-mahadebishan.jpg

उनले भने, ‘यसपल्ट म चीन जाँदा पनि चीनका राष्ट्रपति सी चिनफिङसँगको औपचारिक वार्तामा मैले अरु कुरासँगै लिपुलेक सन्दर्भमा भारत र चीनबीच भएको सम्झौता, हाम्रो भूमिबाट दुईवटा देशले व्यापारिक आदानप्रदान गर्ने भन्ने कुरा गर्न मिल्दैन भन्ने कुरा मैले स्पष्ट ढङ्गले राखेको छु । यो कुरा रेकर्डेड छ । अडियोमा छ, भिडियोमा छ, नोट, टिपोटहरूमा छ ।’

त्यस्तै, चिनियाँ राष्ट्रपति सीले पनि भारत र नेपालबीचको विषय भएकाले कुटनीतिक रूपमा सल्ट्याउन प्रतिक्रिया दिएका ओलीले बताएका छन् ।  उनले भने, ‘चिनियाँ राष्ट्रपतिले त्यसको जवाफ दिँदा हामी नेपालको सार्वभौमसत्ताको सम्मान गर्छौँ, यसबाट तपाईंहरूलाई जुन आशंका हुन गएको छ त्यसमा हाम्रो ध्यान छ । कुनै राष्ट्रिय सार्वभौमसत्तामा तलमाथि हुन दिइने छैन । त्यसमा हामी सम्पूर्ण रूपमा समर्थन गर्छौँ । यो भारत र नेपालको विषय हो तपाईँहरू वार्ताबाट समाधान गर्नुहुन्छ भन्ने आशामा छौँ ।’

प्रतिक्रिया दिनुहोस्