काठमाडौं । नेकपा एमालेमा नवीकरण भएका सङ्गठित सदस्य सङ्ख्या ६ लाख ६२ हजार नाघेको छ । महासचिव शङ्कर पोखरेलले प्रस्तुत गरेको सङ्गठनात्मक प्रतिवेदन अनुसार नवीकरण भएका सङ्गठित सदस्यहरू ६ लाख ६२ हजार ९ सय ६१ जना रहेका छन् । यो सङ्गठित पार्टी सदस्य सङ्ख्या १०औँ महाधिवेशन पछि ३० प्रतिशतले वृद्धि भएको छ ।

एमालेमा पार्टीभित्र ६४ हजार ७ सय ६ कमिटी छन् । कतिपय जन सङ्गठनहरूको सङ्ख्या यकिन तथ्याङ्क अद्यावधिक नभएको औँल्याउँदै करिब १२ लाख ६९ हजार १ सय ६१ सदस्य रहेको तथ्य पोखरेलले पेस गरेका छन् ।
डेढ लाख सदस्यहरू सङ्गठित हुन बाँकी रहेको महासविच पोखरेलले बताए । कुल ४ लाख २७ हजार १६ जना विभिन्न कमिटीमा आबद्ध छन् । प्रतिवेदनमा उल्लेख गरिएको तथ्याङ्क अनुसार जिल्ला, प्रवास, प्रदेश, सम्पर्क मञ्च १ सय ३ जिल्ला कमिटी, महानगर, उपमहमानगर नगरपालिका गाउँपालिका कमिटी १ हजार ६७ कमिटी छन् । त्यसैगरी वडा कमिटी ७ हजार ७ सय ६० र टोल कमिटी ५५ हजार ७ सय ७६ रहेको छ ।
कोशी प्रदेशमा १४ जिल्ला कमिटी र १३६ पालिका कमिटी रहेको छ । त्यसैगरी वडा कमिटी १ हजार १५७ र टोल कमिटी ७ हजा १०१ रहेको छ । कोशी प्रदेशमा कुल ८ हजार ४०८ कमिटी रहेको छ ।
मधेस प्रदेशमा ८ जिल्ला कमिटी, १३६ पालिका, १ हजार २७१ वडा, ६ हजार ५१५ टोल कमिटी गरी कुल ७ हजार ९३० रहेको छ । बागमती प्रदेशमा १३ जिल्ला, १११ पालिका, १ हजार १२१ वडा, १४ हजार २०६ टोलसहित कुल १५ हजार ४५१ कमिटी रहेको छ ।
गण्डकी प्रदेशमा ११ जिल्ला कमिटी, ८५ पालिका, ७५९ वडा, ५ हजार ५६० सय टोल गरी कुल ६ हजार ४१५ कमिटी रहेको छ । लुम्बिनी प्रदेशमा १२ जिल्ला, १०९ पालिका, ९८३ वडा, ९ हजार २६७ टोल गरी कुल १० हजार ३७१ कमिटी रहेको छ ।
कर्णाली प्रदेशमा १० जिल्ला कमिटी, ७९ पालिका, ७१८ वडा, ६ हजार ४५३ टोलसहित कुल ७ हजार २६० कमिटी रहेको छ । सुदूपश्चिम प्रदेशमा ९ जिल्ला, ८८ पालिका, ७३४ वडा, ५ हजार ८५० टोलसहित गर्दा कुल ६ हजार ६८१ कमिटी रहेको छ ।
त्यसैगरी समन्वय सम्पर्क अन्तर्गत ७ जिल्ला, ७४ पालिका, ७४३ वडा कमिटी गरी कुल ८२४ वटा सम्पर्क समन्वय कमिटी रहेका छन् । प्रवासी नेपाली मञ्चलाई ५ जिल्ला कमिटीको हैसियत, ३६ पालिका, ७० वटा वडा गरी कुल १११ कमिटी रहेको छ । प्रवासी नेपाली संघ भारत शाखामा १० वटा जिल्ला, १४१ पालिका, ४१६ वडा तह गरी कुल ५६७ कमिटी रहेको छ ।
तथ्यांकहरूलाई केलाउँदा जिल्ला तहमा ९ हजार ७७४ जना नेता, कार्यकर्ता आबद्ध छन् । पालिका तहमा ४१ हजार ६३३, वडामा १ लाख ७४ हजार २४५, टोलमा २ लाख १ हजार ३६४ जना रहेका छन् ।














