काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक आह्वान गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक भोलि आइतबार बिहान ९ बजे बस्नेछ । बैठकमा समितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थित हुन निर्देशन दिइएको छ ।














