Logo
Logo

मङ्गोलियाका सभामुखलाई पदबाट हटाइयो


- दृष्टि न्युज/संवाददाता

0
Shares

उलान बाटोर, १५ माघ ःसंसदमा रहेका बहुमत सांसदहरुले मङ्गोलियाका सभामुखलाई हटाएका छन् । 



पदको दुरुपयोग गरेको पुष्टि भएको भन्दै सांसदहरुले सभामुख मियेगोम्बो एन्खबोल्डलाई मङ्गलबार पदबाट हटाएका हुन् । 

अधिकारीहरुले दिएको जानकारी अनुसार उहाँलाई हटाउने की नहटाउने भन्ने बारेमा भएको निर्वाचनमा ६६.२ प्रतिशत मत उहाँको विपक्षमा परेको थियो । 

मङ्गोलियाको संसदमा ७६ सिट रहेको छ । आधा भन्दा बढी अर्थात् ३९ जना सांसदहरूले सभामुखलाई हटाउने पक्षमा उभिएका थिए । 

उहाँले गतल काम गरेको पुष्टि भएपछि केही सांसदहरूले उहाँलाई पद त्याग्न प्रस्ताव गरेका थिए । तर उहाँले अस्विकार गरेपछि मतदान भएको हो । 
(रासस÷सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्