Logo
Logo

रुसी कोरोनाखोपको विश्वव्यापी विश्वसनीयता बढ्दै


- रमेश घिमिरे (स्वतन्त्र पत्रकार)


  • रमेश घिमिरे (स्वतन्त्र पत्रकार)

सन् १८२३ बाट प्रकाशन प्रारम्भ भएको विश्वको सबभन्दा पुरानो मेडिकल जर्नल द लान्सेन्टमा रुसी कोभिड–१९ खोपबारे रुसी वैज्ञानिकहरूको लेख गत शुक्रबार प्रकाशित भएको छ ।

विश्वका केही मुलुकहरुले मात्र, खोपको ठूलो परिणाममा उत्पादन गर्ने क्षमता राख्दछन् र त्यसमा भारत पनि पर्दछ । भारतका औषधि उत्पादक कम्पनीहरुले खोप उत्पादनमा रुचि देखाएका छन् । यो खोप नोभेम्बर महिनादेखि बजारमा आउनेछ । मानवजातिको कल्याणका लागि विकसित गरिएको खोपबारे राजनीति हुनुहुँदैन र उनीहरुलाइ खोपको अधिकारबाट बञ्चित गरिनु हुँदैन ।’ उनको इशारा पश्चिमादेशहरुप्रति लक्षित थियो ।

उक्त लेखमा भनिएको छ– खोप परीक्षणमा सहभागी सबैमा भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक प्रणालीको विकास भएको र कुनै गम्भीर साइड इफेक्ट नभएको भनी उल्लेख गरिएको छ । कुनै पनि खोपको व्यापकरुपमा परीक्षण गरिनुपूर्व प्रतिष्ठित जर्नलमा सो खोपबारे लेख प्रकाशित हुनुलाई पनि पूर्वशर्तको रुपमा लिने गरिएको छ । द लान्सेन्टको सम्पादकीय कार्यालयहरु न्यूयोर्क, लण्डन र बेइजिङमा रहेको छ ।

हालै संघाइ सहयोग संगठनको बैठक (एससिओ) मा भाग लिन रुस भ्रमणमा गएका भारतका रक्षामन्त्री राजनाथ सिंहले मस्कोमा भएको सम्मेलनमा रुसले कोरोना महामारीबाट जोगीन रुसले गरेको प्रयासको सराहना गर्दै स्पूतनीक–५ कोरोना खोप बनाएकोमा रुसी वैज्ञानिकहरुलाई बधाई दिए ।

खोप निर्माणमा वित्तीय सहयोग गरेको रुसी डाइरेक्ट इन्भेष्टमेण्ट फण्ड (आरडीआइएफ) का प्रमुख कार्यकारी किरिल दिमित्रीले भने– ‘द लान्सेन्टमा हामीले बनाएको खोपबारे लेख प्रकाशित भएबाट हाम्रो खोपलाइ अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको छ । र यो खोप शतप्रतिशत सुरक्षित छ । यो खोप साउदी अरब, फिलीपिन्स आदि कैयौं मुलुकमा व्यापक परीक्षण भइरहेको छ । विश्वका केही मुलुकहरुले मात्र, खोपको ठूलो परिणाममा उत्पादन गर्ने क्षमता राख्दछन् र त्यसमा भारत पनि पर्दछ । भारतका औषधि उत्पादक कम्पनीहरुले खोप उत्पादनमा रुचि देखाएका छन् । यो खोप नोभेम्बर महिनादेखि बजारमा आउनेछ । मानवजातिको कल्याणका लागि विकसित गरिएको खोपबारे राजनीति हुनुहुँदैन र उनीहरुलाइ खोपको अधिकारबाट बञ्चित गरिनु हुँदैन ।’ उनको इशारा पश्चिमादेशहरुप्रति लक्षित थियो । यो खोप छिमेकी भारतमा उत्पादन भएको खण्डमा नेपाललाई पनि ठूलो राहत हुने थियो । किनभने नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेश र बिहारमा यो संक्रमणले डरलाग्दो रुप लिएको छ । खुला सीमा भएको कारण नेपालमा पनि संक्रमण बढिरहेको छ ।

दिमित्रीले अगाडि भने– बेलायत, अमेरिका आदि देशहरुले पनि कोरोनो खोप निर्माणमा रुसी बाटो पछ्याउँदै खोपको परीक्षणको दायरा छोट्याएका छन् । अन्तर्राष्ट्रिय मेडिकल जर्नलमा कोरोनाखोपबारे प्रकाशित भएको यो नै पहिलो लेख हो । त्यसो त रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले श्रावण २७ गते नै आफ्नी छोरीलाई पहिलो खोप लगाएर रुसले पहिलो खोप बनाएको घोषणा गरेका थिए । र काठमाडौंस्थित रूसी राजदूत एलेक्सेइ ए नोभिकोभले भाद्र २ गते राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनासँग सिंहदरबारमा शिष्टाचार भेट गर्दै कोरोना भाइरसविरुद्धको भ्याक्सिन तयार भइसकेको र नोभेम्बरबाट बजारमा आउने जानकारी गराएका थिए । र, नेपालले चाहेमा नेपाललाई प्राथमकितामा राखेर उक्त भ्याक्सिन उपलब्ध गराउन सकिने बताएका थिए । र नेपालमै खोप उत्पादन गर्न सहयोग गर्ने कुरा पनि बताएका थिए ।

अहिलेको बहुध्रुवीय विश्वको प्रमुख शक्तिहरुमा अमेरिका, चीन रुस र युरोपीय मुलुकहरु पर्दछन् । चीन आर्थिकरुपले रुसभन्दा माथि भएता पनि विज्ञान तथा प्रविधिमा रुस नै अगाडि छ । यस्तोमा यी देशहरुबीच प्रतिस्पर्धा हुनु स्वाभाविक हो । तर मानवजातिकै भलो हुने कुरामा आफ्नो अहंलाइ त्यागेर मानवमात्रको कल्याण हुने कुरामा सिंगो विश्व एकजेट लाग्नु पर्दछ ।

विश्वमा रुसी खोपको स्वीकार्यता बढिरहेको छ । यस सन्दर्भमा रुसले नेपाललाई प्राथमिकताका आधारमा खोप उपलब्ध उपलब्ध गराउने र उत्पादनका लागि सहयोग गर्ने जुन प्रतिबद्धता व्यक्त गरेको छ । त्यसलाई कोरोना महामारीबाट पीडित आम नेपाली जनताको स्वास्थ्यलाई ध्यानमा राखी यो खोपलाई नेपाल भित्र्याउन ढिलो गर्नु हुँदैन । पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमण व्यापक हुँदै गएको छ । मृत्यु हुनेहरुको संख्या बढ्दो छ । त्यसैले नेपाल सरकारले देशमा कोरोना रोकथामका प्रयासहरु गरिरहँदा सँगसँगै खोप भित्र्याउने प्रयास भएमा नेपाली जनता ढुक्क हुने थिए ।

Twitter:@rmshghimire

प्रतिक्रिया दिनुहोस्